समता निकेतन: मासिक फि एक सय रुपैयाँ विद्यार्थी संख्या १२ सय !

विद्यालय: समता निकेतन

स्थानः कमलविनायक भक्तपुर

अध्यापन हुने तह: नर्सरीदेखी १२ कक्षासम्म 

मासिक शुल्क: १०० रुपैयाँ ।

विद्यालयको भौतिक संरचनाको पूनःनिमार्ण देखि शिक्षक, शिक्षिकाको मासिक तलब पनि १०० रुपैयाँबाटै हुने गरेको छ । पछिल्लो समय यस विद्यालयको मुल उद्देश्यलाई बुझेर आर्थिक सहयोगका हातहरु पनि जुटेका छन् ।

अब तपाईलाई माथिको फि स्टक्चर देखेर अचम्म लाग्यो होला हैन ?

अचम्म नमान्नुहोस् बाँसको भित्ता र जस्ताको छानो भित्रका अथाह ज्ञान ज्योती छरिरहेका गुरु–गुरुमा र धयान दिएर सिक्दै गरेका साना भाईबहिनी । यो बिचमा फक्रिरहेको एउटा ज्ञानको भण्डार । 

सस्तो शुल्कमा गुणस्तरीय शिक्षा र उत्कृष्ट भौतिक संरचनासहित विभिन्न अतिरिक्त कार्यक्रमहरु सञ्चालन भएका विद्यालयहरु क्रमिक रुपमा बढिरहेका छन् । तर त्यो भिडमा एउटा यस्तो विद्यालय छ जो साँच्चीकै ज्ञानको मन्दिर भन्दा फरक पर्दैन ।

भक्तपुरको कमलविनायकमा रहेको समता शिक्षा निकेतन माध्यमिक विद्यालय वि सं २०६१ सालमा शाखा विद्यालयको रुपमा स्थापना भएको हो । समता शिक्षा निकेतनको खास विशेषता भनेको १ सय रुपैयाँमा अध्यापन गराउनु हो ।

२०५८ सालमा काठमाडौंको जोरपाटीमा स्थापना भएको यो विद्यालयका शाखाहरु पनि छन् । नेपालको ७७ वटामा जिल्लामा काम गरिरहेका छन् । नेपालमा बाहेक पछिल्लो समय सार्क राष्ट्रहरुमा पनि यस विद्यालयको स्थापना हुने क्रम जारी छ । थोरै रकममा पनि गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने कुरामा यो विद्यालय एउटा ज्वलन्त उदाहरण बनेको छ ।

गुणस्तरीय शिक्षा र थोरै शुल्कका कारण पनि कमलविनायकमा यस विद्यालयको लोकप्रियता बढ्दो छ भने अभिभावकहरुको पहिलो रोजाईमा बनेको छ यो विद्यालय ।

समता शिक्षा निकेतनले दक्ष, सिर्जनशिल, प्रतिष्पर्धी, असल, सफल युवाहरु उत्पादन गर्दै आएको छ ।

बालबालिकालाई अत्यन्तै न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु यस विद्यालयको मुल उद्देश्य हो । यसका अलावा यस विद्यालयले गरिब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्तीको व्यवस्था गरेको छ । समता शिक्षा निकेतनले दक्ष, सिर्जनशिल, प्रतिष्पर्धी, असल, सफल युवाहरु उत्पादन गर्दै आएको छ ।

विद्यालयको भौतिक संरचनाको पूनःनिमार्ण देखि शिक्षक, शिक्षिकाको मासिक तलब पनि १०० रुपैयाँबाटै हुने गरेको छ । पछिल्लो समय यस विद्यालयको मुल उद्देश्यलाई बुझेर आर्थीक सहयोगका हातहरु पनि जुटेका छन् । संस्थागत रुपमा र व्यक्तिगत रुपमा सहयोग गर्नेहरु बढीरहेका छन् ।

पछिल्लो समय यस विद्यालयको मुल उद्देश्यलाई बुझेर आर्थीक सहयोगका हातहरु पनि जुटेका छन् ।

विद्यार्थीहरुको संख्या धेरै भएकाले विद्यालयले हरेक कक्षालाई दुई भागमा विभाजन गरी अध्यापन गराइरहेको छ ।

नेपालका विभिन्न जिल्लाबाट रोजीरोटीको सिलसिलामा काठमाडौँ आई ज्याला मजदुरीको काम गर्ने अभिभावकका बालबालिकालाई विद्यालयले प्राथमिकतामा राखी गुणस्तरीय शिक्षा दिदै आईरहेको छ । त्यस्तै छात्राहरुलाई शिक्षाको उज्यालो ज्योतीबाट अलग्याउनु हुँदैन भन्ने सन्देश फैलाउनको लागि पनि स्कुलले छात्राहरुलाई पोत्साहनमुलक विभिन्न गतिवीधि सञ्चालन गर्दै आएको छ ।

हाल स्कुलमा १२ सय जना विद्यार्थीले अध्ययन गरिहेका छन् । सबै जात, भाषा, वर्ग र धर्मका विद्यार्थीहरुलाई समान वातावरणमा गुणस्तरीय शिक्षा दिन स्कूल सफल छ । नेपाल बाहेक भारतका विद्यार्थीहरु पनि समता शिक्षा निकेतनमा अध्यनरत छन् । 

विद्यार्थीको संख्या धेरै भएकाले सबैलाई एकैचोटि समेटेर पढाउँदा अलि कठिन हुने  प्रिन्सिपल शोभा तामाङ बताउँछिन् । तर पनि सबै एकै बगैंचाका फूलहरु भएकाले भिन्नताको भावनाबाट स्कूल टाढा रहेको तामाङको भनाई छ ।

समस्याले नै मान्छेलाई बलियो बनाउँछ ।

माओवादी द्वन्दकालमा विद्यालयको स्थापना भएकाले पनि समस्याहरु भएको तामाङले बताइन्  । चेतावनी र धम्कीको सामना गर्दै आफू अघि बढेको र समस्याले नै मान्छेलाई बलियो बनाउँछ भन्ने उनको बुझाई छ । स्कुलको स्थापना गर्दा १०० रुपैयाँमा स्कूल खोल्न पाइदैन भन्नेहरु धेरै भएता पनि पछिल्लो समय सहयोगी हातहरु थपिएका छन् ।

विद्यालयले पढाई बाहेक अतिरिक्त कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।

चित्र बनाउने, क्विज, उच्चारण र भाषा, बास्केटबल जस्ता अतिरिक्त क्रियाकलापले बालबालिकामा ‘ह्वि क्यान डु’ भन्ने भाव पलाएको छ । प्रतियोगिताहरु पनि स्कूलले सञ्चालन गर्ने गरेको छ ।

अध्ययन र अध्यापनमा कुनै पनि कमि नहोस् भन्नको लागि यस विद्यालयमा कम्युटर ल्याव, पुस्तकालयको पनि राम्रो व्यवस्था गरिएको छ । यसका साथै चमेना गृह र यातायाको सुविधा पनि यस विद्यालयले प्रदान गर्दै अएको छ ।

आफू मध्यम वर्गको परिवारमा हुर्केकाले आफ्नो नर्स बन्ने सपनालाई अधुरो छोड्न बाध्य भएकी प्रिन्सिपल शोभा तामाङ अहिले समता शिक्षा निकेतनका विद्यार्थीहरुको उचित शिक्षा र हेरचाहामा अहोरात्र खटिएकी छिन् । विद्यार्थीको उज्यालो भविष्यका निम्ति निरन्तर खट्ने क्षमतावान ७२ जना गुरुहरु यस स्कूलमा छुटाउनै नहुने विशेषता हुन् ।

आफू मध्यम वर्गको परिवारमा हुर्केकाले आफ्नो नर्स बन्ने सपनालाई अधुरो छोड्न बाध्य भएकी प्रिन्सिपल शोभा तामाङ अहिले समता शिक्षा निकेतनका विद्यार्थीहरुको उचित शिक्षा र हेरचाहामा अहोरात्र खटिएकी छिन् । विद्यार्थीको उज्यालो भविष्यका निम्ति निरन्तर खट्ने क्षमतावान ७२ जना गुरुहरु यस स्कूलमा छुटाउनै नहुने विशेषता हुन् ।

सात रोपनी क्षेत्रफलमा रहेको समता शिक्षा निकेतनले माध्यमिक शिक्षा बाहेक वि.सं. २०७१ सालदेखि +२ को कार्यक्रम पनि सञ्चालनमा छ ।

व्यवस्थापन र मानविकी संकायमा पठनपाठन भई रहेको यो विद्यालय समुदायमा नमुना विद्यालयको रुपमा स्थापीत भइसकेको छ किनकी यहाँका सस्थापक, शिक्षक, कर्मचारी निरन्तर संस्थालाई अगाडि लैजान प्रयासरत छन् ।    
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?