प्रधानमन्त्रीद्वारा युवा क्रिकेटर रोहितलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स ‘युएई’विरुद्धको एकदिवसीय क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका क्रिकेटटर रोहित कुमार पौडेलाई बधाई दिएका छन् । 

प्रधानमन्त्री ओलीले युवा खेलाडी पौडेललाई सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन् । 

पौडेलले अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको नयाँ रेकर्ड तोड्दै बनाएका हुन् । उनले दोस्रो एकदिवसीय क्रिकेटका दौरान सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका थिए । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा अर्धशतक पुरा गर्दा रोहित १६ वर्ष १ सय ४६ दिनका थिए । 

प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको उल्लेख समेत गरेका छन् । 

१५ वर्षको उमेरमा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका रोहितले भारतीय पूर्व क्रिकेटटर सचिन तेन्दुलकर र पाकिस्तानका साहिद अफ्रिदीको नाम रहेको कीर्तिमानलाई तोडेका हुन् । यो कीर्तिमान सचिन नाममा १६ वर्ष २ सय १३ दिनको तथा अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?