बिजय लामाको ‘चुर्से तुई तुई ओर्से तुई’ गित सार्वजनिक

काठमाडौं । चर्चित गायक बिजय लामाको तामाङ गित 'चुर्से तुई तुई ओर्से तुई' सार्वजनिक भएको छ ।

ल्होसारको उपलक्ष्यमा तामाङ गित उनले बजारमा लयाएका हुन् ।

नेपाली संगीत क्षेत्रमा निकै बर्ष देखि निरन्तर लागि परेका गायक बिजय लामाले थुप्रै चर्चित गीतहरु बाजारमा आइसकेका छन् । 

आफ्नो तामाङ भाषामा पनि दर्जनौ गीतहरु गाउदै आएका छन । यसपालिको फाक्क ल्होको उपलक्ष्यमा ल्होसारको शुभकामना सहित चुर्से तुई तुई ओर्से तुई आज बाट युटुबमा सार्वजनिक गरिएको छ । 

गायक बिजय लामा र गायिका जितु लोप्चन को आवाजको रहेको यस गीतमा कुमार स्याङ्बाको शब्द रहेको छ । संगीत  निमा दोङ् को रहेको छ भने गीतको  छयांकन मिलन शंकरले गरेका हुन् ।

यसै गरी मेकपमा दीपशनले हुन् । यो गीतको सम्पादनमा ओम प्रसाई रहेका छन् भने निर्देशक सुशन लामाले गरेका हुन् । 

अति रमणीय ठाउमा छयांकन गरिएको यस भिडियोमा बिजय लामा ,राजु ग्याबक र निरानजली लामाको अभिनय रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?