पाँचथरमा ६ वर्षीया बालिका बलात्कृत

काठमाडौं । पाँचथरमा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन्। 

शुक्रवार राति घरका सदस्य आफुन्तको विवाहमा गएको मौकामा कुम्मायक गाउँपालिका २ का ६ वर्षीया बालिका बलात्कृत भएकी हुन् । 

प्रहरीका अनुसार कुम्मायक गाउँपालिका वडा–१ घर भई माङजाबुङमा बस्दै आएका २१ वर्षीय अन्तरे नामले चिनिने एकल लावतीले बालिकालाई बलत्कार गरेको बताए । 

बालिकालाई बलात्कार गरेको पीडितका आफन्तले दिएको जाहेरीका आधारमा लावतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरी निरीक्षक अनिलकुमार पौडेलले भने बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?