टिभी हेर्न गएकी ‘गुडिया’ मृत अवस्थामा फेला

छिमेकीकहाँ टिभी हेर्न हिँडेकी बालिका खोलामा मृत भेटिएकी छिन् ।

विराटनगरकी  ११ वर्षीय बालिका शनिबार राति ८ बजेदेखि सम्पर्कविहीन भएकोमा खोला किनारामा हत्या गरेर निर्वस्त्र अवस्थामा  फेला परेकी हुन् ।

गुडिया भनिने रुपमति दास विराटनगर महानगरपालिका र कटहरट्ठ गाउँपालिकाको सीमामा पर्ने सिंघिया खोलामा मृत अवस्थामा फेला परेकी हुन् । 

विराटनगर महानगरपालिका वडा नम्बर ८ र कटहरी गाउँपालिका वडा नम्बर २ को सीमानामा रहेको सिंघिया खोलामा फेला पारिएको मोरङ प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बालिकाको अनुहारबाट रगत बगेको छ।

घरपरिवारका सदस्य र स्थानीयले रातिभर बालिकाको खोजी गरेका थिए । 

बिहान खोलामा माछा मार्ने क्रममा केही स्थानीयले पानीमा डुबिरहेको अवस्थामा रुपमतिको शव देखेपछि प्रहरी र गाउँलेहरूलाई खबर गरेपछि घटना बाहिर आएको हो ।  

प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ। 

बालिका स्थानीय नारायण आधारभूत विद्यालयमा कक्षा १ मा पढ्थिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?