चर्च ब्वाइजलाई ‘ए’ डिभिजन लिगको उपाधि : हालसम्म को-को भए विजेता ?

लोकपथ
476
Shares

नेपालको एकमात्रै चर्चित लिग हो सहिद स्मारक ‘ए’ डिभिजन लिग । लिगको यस सिजनको उपाधि चर्च ब्वाइज युनाईटेडले चुमेको छ । हिजो मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई पराजित गरेसँगै चर्च ब्वाइजले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

चर्च ब्वाइजलाई उपाधि जित्न एक अंकको आवश्यकता थियो । हिजो भएको खेलमा थ्री स्टारसँग गोलरहित बराबरी खेलेसँगै चर्च ब्वाइजले एक अंक पाएको हो । चर्च ब्वाइजले ए डिभिजन लिगमा बढुवा भएकै सिजन ए डिभिजन लिगको उपाधि जितेको हो ।

May be an image of 3 people, people playing football, people playing soccer and text

चर्च ब्वाइज २५ खेलमा ४५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । चर्च दोस्रो स्थानको मछिन्द्र भन्दा ६ अंकले अघि रहेको छ । मछिन्द्रले २४ खेलमा ३९ अंक जोडेको छ । थ्री स्टार २५ खेलमा २८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

ए डिभिजन लिगको इतिहास

नेपालमा २००७ सालमा प्रजातन्त्र आयो। प्रजातन्त्र स्थापनापछि नेपाली फुटबलको नियमनकारी निकायको रुपमा नेपाल फुटबल संघको स्थापना भयो, जुन पछि अखिल नेपाल फुटबल संघको रुपमा परिवर्तन भएको थियो ।

त्यसपछि २००७ सालमा ज्यान गुमाएका शहीदहरुको नाममा फुटबल संघले विसं २०११ सालदेखि ‘ए’ डिभिजन लिगको शुरुआत गरेको हो । त्यसैले शहीदहरुको नाममा आयोजना गरिएको लिग हुनाले यसको नाम पनि शहीद स्मारक ‘ए’ डिभिजन लिग रहन गएको हो ।

पहिलो शहीद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो ‘ए’ डिभिजन लिग २०११ सालमा आयोजना भएको थियो । पहिलो संको उपाधि विजेता टिम हो माहावीर क्लब। जसले तीन पटक यो लिग जितेको छ ।

२०११बाट शुरु भएको लिगको अहिले ४४ औं संस्करणको लिग चलिरहेको छ । हालसम्म ‘ए’ डिभिजन लिगको उपाधिसबै भन्दा धेरै मनाङ मर्स्याङदी क्लबले जितेको छ । मनाङले हालसम्म ८ पटक कीर्तिमानी लिगको उपाधि जितेको छ । मनाङपछि आरसिटीले ६ पटक उपाधि जितेको छ । त्यस्तै नेपाल पुलिसले ५ पटक उपाधि आफ्नो नाममा गराएको छ भने एनआर्टीले ४ पटक यो उपाधि जितेको छ । त्यस्तै, थ्रि स्टार र संकटाले भने हालसम्म समान ३ ३ पटक उपाधि जितेका छन् ।

यस्तो छ ‘ए’ डिभिजन लिगको उपाधिको इतिहास

विसं २०११                         महाबिर ११

विसं २०१२                        पुलिस फोर्स ११

विसं २०१३                        पुलिस फोर्स ११

विसं २०१४                         सैनिक ११

विसं २०१७                         एनआरटी ‘ए’

विसं २०१९                          एनआरटी ‘ए’

विसं २०२०                         विद्या ब्यायाम

विसं २०२३                         महाबिर ११

विसं २०२४                         फ्रेन्ड्स युनियन

विसं २०२५                        देउराली क्लब

विसं २०२६                        महाबिर ११

विसं २०२७                       देउराली क्लब

विसं २०२८                      आरसिटी

विसं २०२९                      आरसिटी

विसं २०३०                     आरसिटी

विसं २०३२                     ब्वाइज युनियन

विसं २०३३                     सुनाखरी एथ्लेटिक

विसं २०३४                     अन्नपूर्ण

विसं २०३५                     एनआरटी

विसं २०३६                     आरसिटी

विसं २०३७                     संकटा क्लब

विसं २०३८                     आरसीटी

विसं २०३९                     अन्नपूर्ण

विसं २०४०                     संकटा क्लब

विसं २०४१                      आरसीटी

विसं २०४२                      संकटा

विसं २०४३                    मनाङ मर्स्याङ्दी क्लब

विसं २०४४                   मनाङ मर्स्याङ्दी क्लब

विसं २०४६                   मनाङ मर्स्याङ्दी क्लब

विसं २०५२                   एनआरटी

विसं २०५४                   थ्री स्टार

विसं २०५७                   मनाङ मर्स्याङ्दी क्लब

विसं २०६०                   मनाङ मर्स्याङ्दी क्लब

विसं २०६१                   थ्री स्टार क्लब

विसं २०६२                   मनाङ मर्स्याङ्दी क्लब

विसं २०६३                    नेपाल पुलिस

विसं २०६६-६७              नेपाल पुलिस

विसं २०६८                    नेपाल पुलिस

विसं २०६९                    थ्री स्टार

विसं २०७०                 मनाङ मर्स्याङ्दी क्लब

विसं २०७५                मनाङ मर्स्याङ्दी क्लब

विसं २०७६                मछिन्द्र फुटबल क्लब

विसं २०७८                मछिन्द्र फुटबल क्लब

उत्कृष्ट क्लब

पहिलो दोहोरो लिगको सफलता

वि।स। २०६२ सालको राष्ट्रिय लिग देखि ए डिभिजन लिगमा पनि दोहोरो लिग वा डबल लिगको सुरूवात गरिएको थियो। यस पहिलो डबल लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो। पहिलो लिगमा पाचौँ स्थानमा रहेको मनाङले दोस्रो लिगमा उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेको थियो। यस्तै पहिलो लिगमा रेलिगेसनमा परेको ब्वाइज युनियन क्लबले पनि दोस्रो लिगमा रेलिगेसनबाट बाचेको थियो। पहिलो राष्ट्रिय लिगका बारेमा तत्कालीन आरसीटि क्लबका प्रशिक्षक वैजु कपालीले ‘दोहोरो लिग आवश्यक छ,स्वीकार्छौ’ भन्ने भाव व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?