डा.केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघ सडकमा

काठमाडौं । नेपाल चिकित्सक संघले सोमवारदेखि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । 

आइतवार चिकित्सक संघ, नेपाल रेजिडेन्टस् एसोसियसन अफ न्याम्स लगायतले डा.केसीको जीवन रक्षाको माग गर्दै काठमाडौंमा प्रदर्शन समेत गरेका हुन् ।

सरकारले १९ औँ दिनदेखि अनसनरत डा. गोविन्द केसीले उठाएका मागको वेवास्ता गरेको भन्दै सोमवारदेखि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएको हो । 

संघले डा.केसीले उठाएका मागको तत्काल सम्बोधन गर्न सकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

आइतवार ७२ घण्टे अल्टिमेटमको समय सकिएलगत्तै संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले सरकारले आफ्ना मागहरुको बेवास्ता गरिएको भन्दै सोमवारबाट थप आन्दोलका कार्यक्रम ल्याउने तयारी गरिएको बताए ।

सोमवार विहान ५ बजेदेखि १० बजेसम्म रिले अनसन हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

त्यसपछि थप आन्दोलनका कार्यक्रम तय हुने उनले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?