राष्ट्रिय महिला फुटबल टोलीको बिदाई

काठमाडौं । भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने महिला राष्ट्रिय टोलीलाई बिदाई गरिएको छ । 

अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले भारतको उडिसा भुवनेश्वरमा आयोजना हुने अन्तराष्ट्रिय फुटबलमा सहभागी नेपाली खेलाडीसहितको टोलीलाई आइतवार बिदाई गरिएको हो । निरु थापाको कप्तानीमा रहेको नेपाली टिम यहि बुधवार झापा जार्दैछ । झापामा अभ्यास गरेपछि नेपाली टिम त्यतैबाट भारत प्रस्तान गर्ने बताइएको छ । 

खेलाडीहरुलाई दक्षिण कोरियाली फुटबल संघका अध्यक्ष चुङ मोङ ग्यु र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले विदाइ गरेका थिए ।‘म नेपाली टिमलाई बधाई दिन चाहान्छु, नेपाल यसअघि नै ओलम्पिकमा छनोट भएकाले कोरियाली टिमसँगको खेल हेर्न आतुर छु’, उनले बताए । 

यसैबिच कोरियाली फुटबल संघका अध्यक्ष ग्युले नेपाललाई  ९ सय थान खेल सामाग्री पनि हस्तान्तरण गरे । 

भारतमा हुने उक्त प्रतियोगितामा नेपालसहित आयोजक भारत म्यानमार र श्रीलङ्का सहभागी छन् । प्रतियोगिता यहि माघ २३ देखि फागुन ५ गतेसम्म चल्ने बताइएको छ । 

नेपाली टोलीमा गोलकिपरहरुमा एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ तथा डिफेन्डरहरुमा हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना र मन माया लिम्वु रहेका छन् ।

त्यस्तैमिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी
तथा स्ट्राइकरमा अनु लामा, रेखा पौडेल, निरु थापा, सावित्रा भण्डारी र अनिता के सी रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?