एजेन्सी । सर्वियाली नोभाक जोकोभिचले यो सिजनको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपन टेनिस च्याम्पियनसिपको उपाधि जितेका छन् ।
मेलबर्न पार्कमा आइतवार राति सम्पन्न भएको पुरुष एकलतर्फको फाइनल खेलमा जोकोभिचले स्पेनी राफेल नाडाललाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन् ।
जोकोभिचले नाडाललाई खेलको पहिलो सेटमा ६-३ ले, दोस्रो सेटमा ६-२ ले तथा अन्तिम सेटमा ६-३ ले पराजित गरेका थिए । सन् २०१८ मा जोकोभिचले विम्वल्डन टेनिस र युएस ओपन टेनिस च्याम्पियनसिपको उपाधि जितेका थिए ।
उनले अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेको यो सातौं पटक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया