एकदिवसीय क्रिकेट सिरिज : नेपालले टस जित्यो, पहिले फिल्डीङ गर्ने

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स ‘युएई’बीच अन्तिम तथा तेस्रो एकदिवसीय क्रिकेट खेल शुरु भएको छ । 

यी दुई टिमबीचको खेल आईसिसि क्रिकेट एकेडेमी शुरु भएको हो । जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डीङ रोजेको छ । 

जारी एकदिवसीय क्रिकेट सिरिजमा एक-एकको बराबरी गरेको नेपाल उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेलमा जीत निकाल्दै तीन एकदिवसीय सिरिजमा बराबरी गरेको थियो । आजको खेलमा जीत हात पारे नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजमा  ऐतिहासिक सफलता हात पार्नेछ ।

नेपालले घरेलु टोलीविरुद्ध तीन एकदिवसीय र तीन टी-ट्वान्टी क्रिकेट सिरिज खेल्न युएई गएको थियो । यसअघि नेपालले नेदरल्याण्डस्विरुद्ध पहिलो एकदिवसीय क्रिकेट रिसिज खेलेको थियो । जुन सिरिज एक-एकको बराबरीमा सकिएको थियो । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’बाट एकदिवसीयको मान्यता पाएपछि नेपालले युएईविरुद्ध दोस्रो सिरिज खेलेको हो । नेपाल पहिलो एकदिवसीयमा खेलमा घरेलु टोलीसँग ३ विकेटले पराजित भएको थियो ।

त्यस्तै दोस्रो खेलमा भने युएईलाई १ सय ४५ रनले पराजित गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?