सिरी ‘ए’ फुटबलमा लिग लिडर युभेन्ट्सले कठिन जित

एजेन्सी । इटालियन लिग सिरी ए फुटबलको उपाधि होडमा रहेको युभेन्ट्सले कठिन जित निकालेको छ । 

आइतवार राति सम्पन्न भएको खेलमा युभेन्ट्सले लाजियोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोल रहित बराबरीमा रोकिएका थिए । खेलको ५९ औँ मिनेटमा युभेन्ट्सका इम्री कानले आत्मघाती गोल गरे ।

७४ औँ मिनेटमा काभाको कान्र्सेलोले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । निकै रोमाञ्चक बनेको खेलको ८८ औँ मिनेटमा युभेन्ट्सले पेनाल्टी हान्ने मौका पायो । सो अवसरलाई क्रिस्टियानो रोनाल्डोले गोल गरे ।

त्यसपछि खेलमा थप गोल भएन र खेल युभेन्ट्सले २-१ गोल अन्तरले जित्यो । जितपछि युभेन्ट्सले जारी लिगमा ११ अंकको अग्रता लिएको छ । अहिलेसम्म अपराजित युभेन्ट्सले २१ खेलबाट ५९ अंक बनाएको छ । त्यस्तै लिगको दोस्रो स्थानमा रहेको नपोलीको ४८ अंक छ । 

त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा टोरिनोले इन्टर मिलानलाई १-० गोल अन्तरले, फियोरिन्टीनाले चिएभोलाई २-० गोल अन्तरले तथा एस्पलले पार्मालाई ३-२ गोल अन्तरले पराजित ग-यो ।

यता एट्लान्टा र रोमाबीचको खेल भने तीन-तीन गोलको बराबरीमा सकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?