काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कपका लागि नेपालको टोलीलाई बिदाइ गरेको छ ।
हङकङमा आयोजना एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपका लागि क्यानले शनिबार प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिदाइ गरेको हो ।
क्यानले प्रतियोगिताका लागि शुक्रबार रुबिना क्षेत्रीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको थियो ।
प्रतियोगिता १२ जुन देखि २१ जुन सम्म हङकङमा हुँदैछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।
भारत र पाकिस्तानको भने प्रतियोगितामा ‘ए’ टोली पठाउने छन् । नेपाल र हङकङको भने सिनियर टोली नै सहभागी रहने छ ।
नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल नेपालले १५ जुनमा भारतसँग खेल्नेछ । नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया