घरेलु क्रिकेटबाट चम्किएका ब्याट्सम्यान जोराको राष्ट्रिय टिममा डेब्यु

काठमाडौं । सन्दिप जोराले संयुक्त अरब इमिरेट्स ‘युएई’विरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका छन् । 

घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका जोरासहित ४ जना युवा खेलाडीहरु यस पटक राष्ट्रिय टिमबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका हुन् । युएईसँगको दुई खेलमा डेब्यु गर्न नपाएका उनलाई आज पवन शर्राफको स्थानमा प्लेयिङ ११ मा राखेका थिए । 

कञ्चनपुर जिल्लाको भिमदत्तनगरका युवा क्रिकेटर जोराले घरेलु प्रतियोगितामा भने निक्कै उत्कृष्ट खेल प्रर्दशन गर्दै आइरहेका छन् । जिल्लास्तरीय र क्षेत्रीय प्रतियोगिता हुँदै यू–१९ राष्ट्रिय टोलीबाट खेल खेलिरहेका जोराले अन्तिम एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने अवसर पाएका हुन् । 

वि.सं २०७० सालमा धनगढीमा सम्पन्न यू–१६ क्षेत्रीय क्रिकेटमा जोराले कञ्चनपुरबाट पहिलो पटक खेल खेलेका थिए । त्यतिबेला उनी सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका थिए । त्यस्तै उनले पहिलो पटक एभरेस्ट प्रिमियर लिग क्रिकेटमा कान्तिपुर गुर्खाजबाट खेल खेले । 

जगदम्बा राइनोजविरुद्ध उनले २८ बलमा ४२ रन बनाएका थिए । त्यसपछि जोरा यू-१९ एशिया कपका लागि राष्ट्रिय टिममा परेका थिए । गत  सेप्टेम्बरमा सम्पन्न यु–१९ एशिया कपमा अफगानिस्तानविरुद्ध खेलमा उनी शून्यमा आउट भएका थिए । तर, उनले युएईविरुद्ध भने ७४ बलमा ७६ रन बनाए ।

त्यस्तै भारतविरुद्ध पनि उनले ७६ रनको अर्धशतकिय पारी खेले । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?