काठमाडौं । नेदरल्यान्ड्सलाई नेपालले १ सय ५७ रनको लक्ष्य दिएको छ । आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारी अन्तर्गत दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्सलाई नेपालले १ सय ५७ रनको लक्ष्य दिएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३६ दशमलब १ ओभरमा अलआउट हुदै १ सय ५६ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ३० रन बनाएर आउट भए । गुलसन कुमार झाले २४ रन बनाउँदा आरिफ शेखले १८ रन बनाए ।
नेदरल्यान्ड्सका लागि एल भि भान बीकले ५ तथा शरिज अहमदले १ विकेट लिए ।
यस अघि बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाललाई स्कटल्याण्डले ७ विकेटले हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया