म्यानचेस्टर सिटीले पहिलो पटक चुम्यो च्याम्पियन्स लिगको उपाधि

लोकपथ
161
Shares

काठमाडौं । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको उपाधि हात पारेको छ । शनिबार राति भएको फाइनल खेलमा इन्टर मिलानलाई १-० गोल अन्तरले हराउँदै सिटीले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

सिटीलाई जित दिलाउन रोड्रीले निर्णायक गोल गरे । रोड्रीले खेलको ६८ औं मिनेटमा गोल गरेका थिए । सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

यस्तै पेप ग्वार्डीओलाको नेतृत्वमा रहेको सिटीले एकै सिजन ‘ट्रेबल’ उपाधि हात पारेको छ । यस अघि सिटीले प्रिमियर लिग र एफए कप जितेको थियो । सिटी ट्रेबल उपाधि जित्ने दोस्रो प्रिमियर लिग क्लब हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?