अर्थमन्त्रीलाई प्रदीप पौडेलको प्रश्न- ‘नीति कार्यक्रममा छुटेका विषय बजेटमा कसरी सम्बोधन गर्नुहुन्छ ?’

लोकपथ
119
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सदनमा सांसदहरुले दिएका सुझावलाई सम्बोधन गर्ने विधिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेललेप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषय बजेटमा सम्बोधन हुने भनेकाले सो विषय कसरी समावेश गर्नु हुन्छ ? भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रश्न समेत गरेका हुन् ।

‘केही दिन अगाडि नीति तथा कार्यक्रमको बारेमा संसदमा छलफल भइरहँदा सम्माननीय प्रधानमन्त्रीज्यूले नीति तथा कार्यक्रममा सन्दर्भमा उठेका विषयहरुलाई बजेटमा समावेश गरिनेछ भनेर भन्नु भएको थियो म आफ्नो बोल्ने क्रममा प्रारम्भमा नै माननीय अर्थमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु हामीले छलफलमा उठाएका यी विषयहरुलाई तपाईँले बजेटमा कसरी समावेश गर्नु हुन्छ ? यो संसदलाई स्पष्ट गराई दिनु हुन म अनुरोध गर्न चाहन्छु ।’ उनले प्रश्न गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?