मेरो माइक्रोफाइनान्सलाई हकप्रद शेयर बिक्रीको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मेरो माइक्रोफाइनान्स वित्तीय संस्थालाई हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । 

बोर्डले सो संस्थालाई हाल कामय भएको जारी तथा चुक्ता पूँजी ३२ करोड ८९ लाखको शतप्रतिशत बराबरको हकप्रद शेयर बिक्रीको लागि अनुमति दिएको हो । 

बोर्डले आइतबार सो संस्थालाई उक्त हकप्रद शेयरको बिक्रीको अनुमति दिएको हो । संस्थाले सोसम्बन्धी जानकारी सोमवार नेपाल स्टक एक्सचेञ्जलाई गराएको हो । त्यस्तै नेपाल स्टक एक्सचेञ्जमा सोमवार १९ लाख ९२ हजार २ सय ८९ कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?