प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल डिस्चार्ज भएकी छिन् । 

भाइरल ज्वरोबाट थलिएकी सीता गत माघ ६ गतेदेखि ललितपुरको सुमेरु अस्पताल भर्ना भएकी थिइन् । 

उनको स्वास्थ्यमा सुधार आएपछि आज मध्याह्न डिस्चार्ज गरिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । 

उनलाई आइतवार सघन उपचार कक्षबाट सामान्य कक्षमा सारिएको थियो । 

उपचारमा संलग्न चिकित्सक डा. अशोक अधिकारीका अनुसार सामान्य कक्षमा उनको निगरानीपछि स्वास्थ्यमा सुधार देखिएपछि उनलाई आज डिस्चार्ज गरिएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?