बैंकिङ क्षेत्रको कुल निक्षेप ५३ खर्ब ३० अर्ब रुपैयाँ पुग्दा कर्जा कति ?

लोकपथ
98
Shares

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप रकम ५३ खर्ब ३० अर्ब रुपैंयाँ पुगेको छ ।

राष्ट्र बैंकले यसै साता अधावधिक गरेको बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा सम्वन्धी प्रतिवेदन अनुसार सञ्चालनमा रहेका २१ वटा बाँणिज्य बैंक, १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनीहरुले उक्त परिमाणमा निक्षेप संकलन गरेका हुन् । यसरी संकलन भएको कुल निक्षेप रकम मध्येमा बाँणिज्य बैंकहरुमा ४८ खर्ब ७९ अर्ब र बिकास बैंक तथा फाईनान्स कम्पनीहरुमा छ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम भने ४८ खर्ब ५६ अर्ब रुपैंयाँ पुगेको छ ।

जसमध्ये बाँणिज्य बैकहरुको मात्र कुल कर्जा रकम ४३ खर्ब एक अर्ब रुपैंयाँ रहेको छ भने बिकास बैंक र फाईनान्स कम्पनीहरुको कुल कर्जा रकम पाँच खर्ब ५५ अर्ब रुपैंयाँ रहेको छ ।यस अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८४ दशमलव ५३ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुको अन्तर बैैक कारोबारको औषत व्याजदर भने छ दशमलव ५२ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?