काठमाडौं । इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । तीन पटक इटालीको प्रधानमन्त्री भइसकेका बर्लुस्कोनी केही समयदेखि बिरामी थिए।
बर्लुस्कोनी सबैभन्दा पहिले सन् १९९४ मा पहिलो पटक इटालीको प्रधानमन्त्री बने । त्यसपछि उनी सन् २००१ देखि २००६ सम्म इटालीको प्रधानमन्त्री थिए । उनी सन् २००८ मा फेरि सत्तामा फर्किए तर ऋण संकटका कारण २०११ मा राजीनामा दिनुपर्यो र उनी राजनीतिबाट पनि टाढा भएका थिए । तर, २०१७ मा उनी फेरि सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । बर्लुस्कोनी विगत ६ सातादेखि मिलानको एक अस्पतालमा उपचाररत थिए ।
इटालियन राजनीतिमा किंगमेकर :
बर्लुस्कोनी इटालीको सबैभन्दा ठूलो व्यावसायिक प्रसारक मिडियासेटका मालिक थिए। उनी चर्चित फुटबल क्लब एसी मिलानका मालिक पनि थिए। बर्लुस्कोनी पनि २०१२ मा कर छलीको आरोपमा फसेका थिए। इटालियन राजनीतिमा, सिल्भियो बर्लुस्कोनीलाई किंगमेकर मानिन्थ्यो र आफ्नो राजनीतिक करियरको उचाइमा उनी इटालीको शक्तिको केन्द्रमा थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया