विदेशी मुद्राको विनिमय दरः अमेरिकन डलरकाे भाउ बढ्यो

लोकपथ
84
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरकाे भाउ ५ पैसाले बढेकाे छ भने युराेकाे भाउ घटेकाे छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ६० पैसा र बिक्री दर १३२ रूपैयाँ २० पैसा रहेको छ, हिजो डलरको खरिद दर १३१ रूपैयाँ ६५ पैसा र बिक्री दर १३२ रूपैयाँ २५ पैसा रहेको थियो ।

मंगलवार युरो एकको खरिद दर १४१ रूपैयाँ ७७ पैसा र बिक्री दर १४२ रूपैयाँ ४१ पैसा रहेको छ भने हिजाे युरो एकको खरिद दर १४१ रूपैयाँ ५१ पैसा र बिक्री दर १४२ रूपैयाँ १६ पैसा रहेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ५३ पैसा र बिक्री दर १६६ रूपैयाँ २८ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.४८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४१ रुपैयाँ रहेको छ ।
यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ०७ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९९ रुपैयाँ २६ पैसा र जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसामा किनबेच भइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?