एजेन्सी । एफए कप फुटबलको पाँचौ चरणको खेलमा दुई प्रिमियर लिग क्लब भिड्ने भएको छ ।
पाँचौ चरणको खेलमा चेल्सीले म्यान्चेस्टर युनाईटेडको सामना गर्ने भएको हो । इंग्लिस फुटबल संघले गरेको पाँचौ चरणको ‘ड्र’ अनुसार डिफेन्डिङ च्याम्पियन चेल्सीले १२ पटकको च्याम्पियन म्यान्चेस्टर युनाईटेडसँगको भेट पक्का गरेको हो ।
पाँचौ चरणको ‘ड्र’ अनुसार विल्बल्डन एएफसीले मिलवालको तथा क्रिस्टल प्यालेसले डोनकास्टर रोभर्सको सामना गर्नेछ । त्यस्तै अर्को इंग्लिस क्लब म्यान्चेस्टर सिटीले मिड्ल्सब्रोसँग प्रतिस्पर्धा गर्नेछ ।
पाँचौ चरणको खेलहरु यहि फेब्रुअरी १५ देखि १८ तारिखसम्म हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया