एजेन्सी । भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नान्डिजको निधन भएको छ । फर्नान्डिजको ८८ वर्षको उमेरमा मङ्गलबार उनको निधन भएको हो ।
जर्जलाई फ्लु भए पनि अवस्थामा सुधार आइरहेको उनको भाइ माइकल फर्नान्डिजले बीबीसीलाई बताएका छन् । तर, बिहान ६ बजेदेखि उनको स्वास्थ्य बिग्रिँदै गएकाले अस्पताल लगिएको थियो ।
भारतीय राजनीतिमा फर्नान्डिजको सन् १९६७ देखि सक्रिय थिए । काङ्ग्रेसका नेता एसके पाटिललाई पराजित गरेर उनको प्रवेश राजनीतिमा भएको थियो ।
उनलाई 'जर्ज द जायन्ट किलर' को उपनाम दिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया