महिला इमर्जिङ टिम्स कप : पाकिस्तानसँग नेपाल पराजित

लोकपथ
203
Shares

काठमाडौं । हङकङमा जारी एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाल पराजित भएको छ ।हङकङको मङकङमा भएको खेलमा नेपाल पाकिस्तान एसँग ९ रनले पराजित भएको हो ।

पाकिस्तान ‘ए’ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर कविता कुँवरले ३२ बलमा सर्वाधिक २० रन बनाईन् । कविता जोशीले १७ बलमा अविजित १५ रन बनाईन् । नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तान ए का लागि सईदा शाह र तुवा हसनले समान २-२ तथा अनुशा नासिर र उम्मि हानीले समान १र१ विकेट लिईन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ दशमलब २ ओभरमा अलआउट भएर ८७ रन मात्र बनाएको थियो ।

पाकिस्तानका लागि शवाल जुफिकले ३६ बलमा २८ रन बनाईन् । कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाउँदा गुल फरुजाले १८ बलमा ११ रन बनाईन् ।

नेपालका लागि कविता कुवँरले पहिलो ओभरमा नै विकेट लिएकी थिइन् । नेपालका लागि ईन्दु बर्माले ३ तथा कविता जोशी, कविता कुवँर र सीता रानामगरले समान २र२ विकेट लिएका थिए ।

प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।दोस्रो खेल नेपालले १५ जुनमा भारतसँग खेल्नेछ । नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?