गुएडोँको राष्ट्रपतिको दावीलाई अमेरिकाको समर्थन, आफ्नो कदम पछ्याउन विश्वका अन्य देशलाई आह्वान

एजेन्सी । जनवरी २३ को दिन भेनेजुएलाको संसदका सभामुख हुआँ गुएडोँले आफूलाई एक -याली अघि नयाँ राष्ट्रपतिको रुपमा घोषणा गरे ।

अमेरिकाले तत्कालै उनको राष्ट्रपतिको दावीलाई समर्थन ग-यो र विश्वका अन्य देशलाई आफ्नो कदम पछ्याउन आह्वान गर्यो । 

यस आह्वानलाई चीन, रुस, क्युवा, टर्की, इरान, सिरिया लगायतले तत्कालै अस्वीकार गरे । 

भारतले पनि अमेरिकाको आह्वानलाई अवज्ञा गरेको छ ।

भारतीय अनलाईन पोर्टल ‘द वायर’का अनुसार भारतले भेनेजुएलामा छाएको राजनीतिक संकट ‘भेनेजुएलाका नागरिक’ द्वारा ‘रचनात्मक सम्बाद’ मार्फत समाधान हुनुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?