काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको हो । बैठकमा बजेटमा गठबन्धनमै रहेका दलहरूको असन्तुष्टिबारे छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया