इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई भैँसी नै उपहार प्रदान गरिएको छ ।
कोशी कटानमा सम्पन्न उक्त प्रतियोगितामा ९० भैँसीबीच प्रतिस्पर्धा गराइएको थियो । उत्कृष्ट ठहरिएका भैँसीधनी विन्देश्वर इशरलाई सोमबार प्रथम पुरस्कारवापत लैनो भैँसी प्रदान गरिएको छ ।
कोशी गाउँपालिकाले आयोजना गरेको सो भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई लैनो भैँसी इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले दिएका हुन् । उनले व्यक्तिगत रु एक लाख ५० हजारमा लैनो भैँसी खरीद गरेका थिए।
प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालासहित इनरुवा नगरपालिकाका प्रमुख मेहता र कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए । सुनसरीमा भैँसी सुन्दरी प्रतियोगिताको अवधारणा पहिलो पटक इनरुवा नगरपालिकाले ल्याएको हो । कोशी गाउँपालिकासँग भगिनी सम्बन्ध गाँसेसँगै इनरुवा नगर प्रमुखले भैँसी कोशी गाउँपालिकामा आयोजित भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा भैँसी सुन्दरीसहित गाई सुन्दरी प्रतियोगितामा उत्कृष्ट ठहरिएका गाईधनीलाई नगदसहित सम्मान गरिएको थियो ।
Leave a comment
यो पनि नछुटाउनुहोस्
आन्तरिक लोकतन्त्रको लडाइँमा नेवि संघलाई मेरो साथ छ: भीमसेनदास प्रधान
काठमाडौं – कांग्रेस नेता भीमसेनदास प्रधानले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई सशक्त बनाउनु पर्ने बताए...
फागुन ७, २०७५ | मंगलबारकांग्रेसका नेता कार्यकर्ताबिच हात हालाहाल, उप सभापति र सहमहामन्त्री यसरी खनिए (भिडियोसहित)
काठमाडौँ- नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा धर्ना बसेका नेविसंघका कार्यकर्ता र पार्टी...
फागुन ९, २०७५ | बिहिबारसमाजसेवी परशुराम–शकुन्तला दाहाल प्रतिष्ठानको कार्यक्रम सम्पन्न, बाबा ताल निर्माणमा जोड
स्वर्गीय समाजसेवी परशुराम दाहाल र शकुन्तला दाहालको संझनामा आयोजित कार्यक्रम सम्पन्न भएको छ । दाहालका ...
फागुन ८, २०७५ | बुधबारनेपाल प्रहरीका २६ एसपीले पाए जिम्मेवारी, को कहाँ (सूचीसहित)
काठमाडौं– डीएसपीबाट एसपीमा बढुवा भएका प्रहरी अधिकारीहरुले जिम्मेवारी पाएका छन् । बुधबारमात्रै ब...
फागुन ९, २०७५ | बिहिबारभारतबाट उद्धार गरिएका १७९ जनालाई काठमाडौँ ल्याइयो
काठमाडौँ–भारत मणिपुरहुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने लागिएकाबेला भारतबाट उद्धार गरिएक...
फागुन ८, २०७५ | बुधबार