काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत हेल्प नेपाल नेटवर्कलाई आर्थिक सहयोग स्वरुप एक लाख रुपैंयाँको चेक हस्तान्तरण गरेको छ ।
हेल्प नेपाल नेटवर्कले मुगु जिल्लाको मुर्मामा अवस्थित हेल्प नेपाल हेल्थ पोस्ट निमार्ण गर्नुका साथै स्थानीयहरु लगायत वरिपरीका गाउँहरुमा पनि स्वास्थ्य सेवा दिंदै आइरहको छ ।
बैंकले उक्त संस्थालाई बिगतका बर्षहरुमाझै यस बर्ष पनि सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताएको छ ।
साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका–३, शिखर आम्बोटोमा अवस्थित श्री देवी माध्यमिक विद्यालयलाई पनि सहयोग बापत एक थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरेको छ ।
उक्त विद्यालयमा बाल कक्षा देखि कक्षा १० सम्मको अध्ययन अध्यापन भइरहको हुदाँ आवश्यक हुने सुचना–प्रविधिको सामग्री सहयोग गरेको र सो बाट अध्यनरत करिब ८०० बिद्यार्थी लाभान्वित हुने छन् ।
यसका साथै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नै रम्भा गाउँपालिका–४, हुमिन, बागचौर, पाल्पामा अवस्थित श्री अमर आधारभूत विद्यालयलाई पनि अतिरिक्त क्रियाकलाप तथा बिहानी प्रार्थना सञ्चालनार्थ एक थान साउण्ड सिस्टम हस्तान्तरण गरेको छ ।
उक्त विद्यालयले ग्रामीण समुदाय, निम्न – आय, दलित, आदिवासी जनजाती बालबालिकाहरुलाई अध्यापन गराई रहेको छ । सो सामान हस्तान्तरण पश्चात त्यस विद्यालयमा अध्ययनरत सम्पूर्ण बिद्यार्थी लाभान्वित हुने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया