नेपालले जित्यो ६ स्वर्ण पदक

काठमाडौं । भारतको मुम्बइमा सम्पन्न क्योकुसिन खुला कराँते प्रतियोगितामा नेपाली खेलाडीले ६ स्वर्ण पदक जितेका छन् । 

साथै नेपाली खेलाडीहरुले स्वर्ण पदकबाहेक ३ रजत र १ कास्य पदक पनि जितेका छन् ।  पुरुष ५० केजीमा आङ निमा शेर्पा, ५५ केजीमा दीपेन्द्र क्षेत्री, ६५ केजीमा विकास गुरुङ तथा खुला कातामा सुनील नगरकोटीले नेपाललाई स्वर्ण पदक दिलाए । बाँकी स्वर्ण महिला ५५ केजीमा शान्ति थापा मगर तथा खुलामा मन्जु विकले जिते ।

रजत पदक विजेतामा पुरुष खुलामा सनी सिंह, पुरुष ६५ केजीमा हरि दनुवार र पुरुष जुनियर कातामा दीपेन्द्र क्षेत्री रहेका छन् । पुरुष ६५ केजीमा सुनील नगरकोटीले थप एक कांस्य हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?