एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तगर्त उपाधि होडमा रहेको म्यान्चेस्टर सिटी पराजित भएको छ ।
न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा मंगलवार भएको २४ औँ चरणको खेलमा म्यान्चेस्टर सिटी न्युक्यासलसँग २-१ गोल अन्तरले पराजित भएको हो । यो हारसँगै उपाधि दौडमा रहेको सिटीलाई धक्का पुगेको छ ।
खेल शुरु भएको १ मिनेट पनि बित्न नपाउँदै सिटीका लागि सर्जियो अग्युरो पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म १-० गोल अन्तरको अग्रता लिएको म्यान्चेस्टर सिटीले दोस्रो हाफमा थप गोल गर्न सकेन् ।
खेलको ६६ औँ मिनेटमा न्युक्यासलका लागि सालोमोन रोन्डोनले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।
त्यस्तै ८० औँ मिनेटको खेल चलिरहँदा न्युक्यासलले पेनाल्टी हान्ने मौका पायो । सो अवसरलाई सदुपयोग गर्दै म्याट रित्चीले गोल गरे । निर्धारित समयसम्म सिटीले खेलमा केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन् र खेलमा हार ब्यहो-र्याे ।
हारका बावजुत सिटीले लिगको शीर्ष स्थानमा रहेको लिभरपुलसँगको अंक दुरी कम गर्ने मौका गुमाएको छ । सिटीको ५६ अंकका साथ लिगको दोस्रो स्थानमा यथावत छ । लिभरपुलको भने ६० अंक छ । जितपछि न्युक्यास भने २४ अंकका साथ लिगको १४ औँ स्थानमा छ ।
त्यस्तै मंगलवार राति नै भएको अर्को खेलमा लिगको पाँचौ स्थानमा रहेको आर्सनलले कार्डिफ सिटीलाई २-१ गोल अन्तरले पराजित ग-यो । आर्सनलको जितमा एम्रिक आबुमियाङ र एलेक्जेन्डर लाकाजेट्सले समान एक-एक गोल गरे ।
आबुमियाङले खेलको ६६ औँ मिनेटमा पेनाल्टीमार्फत तथा लाकाजेट्सले ८३ औँ मिनेटमा गरेका थिए । यता कार्डिफ सिटीका नाथानी मेन्डेज लाङले खेलको अन्तिम समयमा एकमात्र सान्त्वाना गोल फर्काएका थिए । जितपछि आर्सनलले ४७ अंक बनाएको छ ।
मंगलवार राति नै भएको अन्य खेलहरुमा इभर्टनले हडल्सफिल्डलाई १-० गोल अन्तरले तथा उल्भ्सले वेस्टह्यामलाई ३-० गोल अन्तरले पराजित ग-यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया