काठमाडौं । हङकङमा जारी एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले बिहीबार भारत ‘ए’ सँग भिड्दै छ ।
एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले भारत ‘ए’ सँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार सवा ११ मा शुरु भएको हो ।
प्रतियोगितामा दोस्रो खेल खेल्दै गरेका दुवै टोली जित हात पार्ने सोचमा रहेका छन् ।
नेपालले पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग हार व्यहोरेको थियो । नेपाललाई सेमिफाइनल सम्भावना कायम राख्न यस खेलमा जित आवश्यक छ ।
एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया