कञ्चनपुर । मंगलवारदेखि विद्यार्थी संगठनले आह्वान गरेको जिल्ला बन्दले कञ्चनपुरको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण बुधवार बिहानैदेखि भीमदत्तनगरबाट चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालन हुनसकेको छैनन् ।
त्यस्तै भीमदत्तनगर बजार, शैशिक संस्था, उद्योग कलकारखानालायत पूर्णरुपमा बन्द भएको छ । विद्यार्थी संगठनले सरका
री स्वामित्वमा रहेको जग्गामा बनेका अवैध संरचना भत्काउन माग गर्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएपछि मङ्गलबारदेखि कञ्चनपुर बन्द आह्वान गरेको हो ।
बन्दका कारण सयौँ यात्रुहरु पूर्वपश्चिम राजमार्गमा अलपत्र छन् ।
विद्यार्थी संगठनले अवैध जग्गा लिज खारेजी, निर्माण गरिएका अवैध संरचना भत्काउनुपर्ने र कानून मिचेर जग्गा लिजमा दिने नगर विकास समितिका पदाधिकारीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया