डा. केसीको माग प्रति सरकार गम्भिर हुनुपर्छ: डा. भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको माग प्रति सरकार गम्भिर हुनुपर्ने बताएका छन् । 

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी गत पुस २५ गतेदेखि अनसनरत छन् । 

पाँचथरको फिदिममा बुधवार बिहान पत्रकारसँग कुरा गर्दै भट्टराईले डा.केसीका माग सम्बोधन गर्न सरकारबाटै पहल आवश्यक रहेको उल्लेख गरे । आफूले चिकित्सा शिक्षा विधेयक सांसदमा पेश हुन अगावैै सभामुख कृष्णबहादुर महरालाई भेटेर केसीसँग वार्ता गरेरै विधेयक पेश गर्न भन्दा भन्दै आँखा छलेर जबरजस्ती पेश गरेको उनको दाबी थियो । 

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले डा. केसीलाई आफ्नो पूर्ण समर्थन रहेको बताए । 

‘शिक्षा र स्वास्थ्य सुधारका लागि केसीले गरेको आन्दोलनमा आफ्नो पूर्ण समर्थन छ, डा. केसीको आन्दोलन व्यक्तिगत स्वार्थ नभएर आम नागरिकको जीवनसँग जोडिएकाले सम्बादका लागि सरकार गम्भिर हुनुपर्ने पर्छ’ डा. भट्टराईले भने । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?