सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा सात सयले वृद्धि

काठमाडौं । बुधवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । 

बुधवार सुनको मूल्य ६२ हजार २ सय रुपैयाँ कायम भएको छ । 

अघिल्लो कारोबारको तुलनतामा आज सुन तोलामा सात सय रुपैयाँले बढेको हो । 

मंगलबार सुन ६१ हजार ५ सय रुपैयाँ थियो । 

तेजावी सुन भने प्रतितोला ६१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?