एनआईसी एशिया बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरणका परिसूचक उत्साहजनक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७५-७६ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण मिति २०७५ माघ २ गते सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका छन् । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १७२ प्रतिशत (रु. १ अर्ब ३५ करोड) ले वृद्धि गरी रु. २ अर्ब १४ करोडको सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै गरी खुदमुनाफा तर्फ वार्षिक विन्दुगत आधारमा १६४ प्रतिशत (रु. ९४ करोड) को वृद्धि सहित रु. १ अर्ब ५१ करोडको खुदमुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा रु. ५७.१८ करोड रहेको थियो । 

बैंकले वार्षिक विन्दुगत आधारमा ५३ प्रतिशत (रु. ७४ अर्ब) को वृद्धि गरी वासालातको आकार रु.२१४ अर्ब पु-याउन सफल भएको छ । जस अन्तर्गत कर्जा तर्फ वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत (रु. ४८ अर्ब) को वृद्धि गरी रु. १४९.३ अर्ब र निक्षेप संकलनतर्फ वार्षिक विन्दुगत आधारमा ४६ प्रतिशत (रु. ५५ अर्ब) को वृद्धि गरी रु. १७५.७६ अर्ब पु-याउन सफल भएको छ । उक्तवृद्धि नेपाली बैंकिङ्ग इतिहासमा कुनै पनि बंैकले वार्षिक विन्दुगत आधारमा हासिल गरेको वृद्धिका हिसाबले हालसम्मकै उच्च वृद्धि हो । 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ७५ शाखाकार्यालयहरु, २ सय ८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले परिपालना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?