न्यु डाइमण्ड महिला भलिबल कपलाई होङ वान्जी बौद्ध समाजको साथ

काठमाडौं । न्यु डाइमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई होङ वान्जी बौद्ध समाज नेपालले प्रायोजन गरेको छ । 

बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि तेस्रो संस्करणको न्यु डाइमण्ड भलिबल प्रतियोगितालाई दोस्रो पटक वान्जी बौद्ध समाज नेपालले प्रायोजना गरेको हो । अर्को वर्ष आयोजना हुने उक्त प्रतियोगितालाई प्रायोजन गर्ने सम्झौता पत्रमा न्यु डाइमण्ड क्लबका अध्यक्ष सुन केशरी माली र समाजका अध्यक्ष सोनाम वादी भुटियाले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार अब समाजले न्यु डाइमण्ड क्लबलाई तेस्रो संस्करणको महिला राष्ट्रिय भलिबल प्रतियोगिताको लागि १५ लाख रुपैयाँ प्रदान गर्ने बताइएको छ । सम्झौताअनुसार अब समाजले न्यु डाइमण्ड क्लबलाई तेस्रो संस्करणको महिला राष्ट्रिय भलिबल प्रतियोगिताको लागि १५ लाख रुपैयाँ प्रदान गर्ने बताइएको छ ।

महिला भलिबल प्रतियोगिताको विजेतालाई ४ लाख १ हजार तथा उपविजेतालाई ३ लाख १ हजार रुपैयाँ प्रदान गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै तेस्रो हुने टिमले २ लाख १ हजार तथा चौथो हुनेले एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

यस अघि दोस्रो संस्करणको प्रतियोगितामा समाजले न्यु डाइमण्डलाई ५ लाख रुपैयाँ प्रायोजन गरेको थियो । 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?