मन्त्रिपरिषद्बाट कर्णालीको बजेट अनुमोदन

लोकपथ
28
Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को लागि वार्षिक बजेट तथा कार्यक्रम मन्त्रिपरिषद्बाट अनुमोदन गरिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले आजै बस्ने प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्नेछन् । त्यसका लागि आज तीन बजे बैठक आव्हान गरिएको छ । बजेट चालू आर्थिक बर्षकै हाराहारीमा आउने देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?