काठमाडौं । बलिउड अभिनेता शाहिद कपूरलाई हिन्दी फिल्म उद्योगका उत्कृष्ट अभिनेतामध्ये एक मानिन्छ। अहिलेसम्म उनले धेरै फिल्ममा आफ्नो अभिनयले मानिसको मनमा स्थान बनाएका छन् ।
हालै मात्र अभिनेताले एक बयान दिएका थिए जसले हंगामा मच्चाएको थियो । उनले दक्षिण भारतीय दर्शकले हिन्दी फिल्मलाई स्वीकार नगरेको बताएका थिए ।
अभिनेताको यो भनाइ धेरैलाई मन परेन र उनको चर्को आलोचना भएको थियो । नयाँ फिल्म ‘सन अफ बिहार’को ट्रेलर रिलिजमा शाहिद कपुरले आफ्नो टिप्पणीको व्याख्या गरेका थिए भने अब शाहिदले यसबारे आफ्नो स्पष्टीकरण दिएका छन् ।
शुक्रबार, अभिनेताले फ्यानहरूका लागि सोशल मिडियामा मलाई जे पनि सोध्नुहोस् भन्ने कुरा राखेका थिए । यस क्रममा एक फ्यानले उनलाई धेरै बिषयमा प्रश्न गरे। यी मध्ये एउटा प्रश्न साउथ फ्यानले उनलाई सोधेका छन ‘सर, तपाईंले भन्नुभयो दक्षिणका दर्शकले हिन्दी फिल्म हेर्दैनन् । यदि फिल्महरू राम्रा छन् भने हामी पक्कै हेर्छौं। हामीलाई तपाईका फिल्महरू पनि मनपर्छ।
यसको जवाफ दिँदै शाहिदले भने, ‘पक्कै पनि म आफैंलाई साउथ इन्डियन फिल्महरू मन पराउँछु। खासगरी लकडाउनको समयमा मैले धेरै साउथका फिल्म हेरेँ। सिनेमा अहिले पहिलेभन्दा धेरै सार्वभौमिक भएको छ। त्यसैले भारतीय कला र कलाकारमा कुनै सीमा हुनु हुँदैन। मलाई मन पर्छ। तपाई सबैलाई धेरै धेरै धन्यवाद।’
शाहिद हालै फिल्म ‘ब्लडी डैडी’ मा देखिएका छन् । अली अब्बास जफरले निर्देशन गरेको यो फिल्ममा अभिनेताले निकै एक्सन गरेका छन् । उनको अभिनयलाई दर्शकले निकै रुचाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया