चिसोले अमेरिकाको जनजीवन प्रभावित, सातको मृत्यु

काठमाडौं । अमेरिकाको मध्यपश्चिम क्षेत्रमा चिसोले जनजीवन अस्तव्यस्त बनेको छ । 

ध्रुवीय चक्रपातका कारण बढेको चिसोका कारण अमेरिकाको मध्यपश्चिम क्षेत्रको जनजीवन प्रभावित बनेको हो । 

अमेरिकी शहरमा बढेको चिसोका कारण २५ करोड नागरिक प्रभावित भएका छन् । 

यसैगरी बीबीसीले जनाए अनुसार माइनस ३७ डिग्री सेल्सियससम्मको चिसोले विभिन्न शहरमा ७ जनाको मृत्यु भएको छ ।

नर्थडाकोटामा तापक्रम माईनस ३७ र सिकागो शहरमा तापक्रम माईनस ३० डिग्री सेल्सियससम्म पुगेको छ । 

जुन तापक्रम एन्टार्टिकाका महादेशका केही स्थानको भन्दा न्यून हो । 

विस्कनसिन, ईलिनोईस, मिसिगन, अलाबामा र मिशिसिपिमा समेत चिसोका कारण आपतकालिन अवस्था घोषणा गरिएको छ । 

स्थानीय मौसम पूर्वानुमान केन्द्रले १० मिनेटभन्दा बढि समय घर बाहिर नबस्न सर्वसधारणलाई आग्रह गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?