काठमाडौं । सरकारले इटालियन कम्पनी सीएमसीसँग थाइल्याण्डमा वार्ता गर्ने भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको काम अधुरै छोडेर गत मंसिर २९ गते स्वेदश फर्किएका थिए ।
क्रिसमस मनाउन भन्दै स्वदेश फर्किएको सीएमसीलाई काममा फर्काउन नेपाल सरकारले बारम्बार प्रयास गरेपनि नेपालमा वार्ता नगर्ने अडान राख्दै आएको इटालिन ठेकेदारसँग सरकारले थाइल्याण्डमा वार्ता गर्ने भएको हो ।
सरकारले अन्तिम पटक भन्दै पुनः सोचविचारका लागि यही माघ ३० गतेसम्मको सीमा राखी पत्र लेखेपछि सीएमसी थाइल्याण्डमा वार्ताका लागि तयार भएको आयोजनाको दाबी छ ।
स्रोतका अनुसार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सीएमसीसँग यही साता भित्र थाइल्याण्डमा वार्ता गर्ने तयारी भएको बताए ।
सीएमसीसँग वार्ताबाट सहमतिको अन्तिम प्रयास गर्ने बताउँदै प्रधानमन्त्री ओलीले सहमतिमा नआए मेलम्ची खानेपानी आयोजना आफैँ निर्माण गर्ने घोषणा गरेको स्रोतले जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया