माइक्रोसफ्टले विन्डोज–७ को एक्सटेन्डेड सपोर्ट बन्द गर्ने

काठमाडौं । माइक्रोसफ्टले विन्डोज–७ को एक्सटेन्डेड सपोर्ट (अपडेट बन्द) गर्ने घोषणा गरेको छ । 

सन् २०२० जनवरी १४ देखि माइक्रोसफ्टले विनडोज–७ को एक्सटेन्डेड सपोर्ट (अपडेट बन्द) गर्ने घोषणा गरेको हो । 

कम्पनीले यसको मेनस्ट्रिम सपोर्ट (नयाँ फिचर) थप्ने कार्य पहिलो नै बन्द गर्ने घोषणा गरेको थियो ।

विन्डोज–७ को एक्सटेन्डेड सपोर्ट बन्द गरे पनि कम्प्युटरले भने पहिले जस्तै काम गर्ने छ भने यसमा सेक्युरिटी अपडेट भने हुने छैन । तर, विन्डोज–७ लाई इन्स्टल र एक्टिभ भने गर्न सकिनेछ । 

यसैगरी माइक्रोसफ्टले सेक्युरिटी र रिस्क र भाइरसबाट बच्न विन्डोज–१० मा अपग्रेड गर्न सल्लाह दिएको छ । माइक्रोसफ्टले २०१५ मा विन्डोज १० अपरेटिङ सिस्टम लन्च गरेको थियो ।

नेपाल लगायत अन्य देशहरुमा अहिले पनि धेरैले विन्डोज ७ चलाइरहेका छन् । 

माइक्रोसफ्टले विन्डोज–१० मा थुप्रै सेक्युरिटी अपडेट उपलब्ध भएकाले यसैलाई चलाउन अनुरोध गरिएको छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?