काठमाडौं । विश्वकप क्वालिफायरको उद्घाटन खेलमा नेपालले २९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीको सहयोगमा नेपालले जिम्बावेलाई २ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङको गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय ईनिङ खेले । कुशलले ९५ बलमा १३ चौका र २ छक्काको सहयोगमा ९९ रन बनाएर आउट भए । शेखले भने १ सय बलमा ७ चौकाको सहयोगमा ६६ रन बनाए ।
कुशल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध पहिलो शतक बनाउन मात्र १ रनले चुकेका थिए । उनी विलिङ्टन मासाकाट्जाको बलमा बोल्ड आउट भएका थिए ।
तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल २९ बलमा ५ चौकाको सहयोगमा ३१ रन बनाउदै आउट भए । तेस्रो नम्बरमा ब्याटिङमा आएका मल्लले ४२ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए । गुलसन झाले १३ बलमा १३ रन बनाए । आरिफ शेखले ११ बलमा १० रन बनाएर आउट भए । गुलसनले १३ बलमा १३ रन जोड्दै आउट भए । त्यस्तै भिम सार्की पहिलो बलमै आउट भए ।
जिम्बावेका लागि रिचार्ड नगर्भाले ४ र विलिङ्टन मासाकाट्जाले २ विकेट लिए । ब्लेसिङ्ग मुजवानी र टेन्डी चताराले समान १-१ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया