काठमाडौं । नेपाल बैंकर्स संघ (एन.बि.ए) तथा इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आई.आई.एन) बिच सम्झौंता भएको छ ।
संघका अनुसार पर्यावरणीय, सामाजिक तथा सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गर्न एक सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेन, वार्सिलोनामा अवस्थित युनिर्भसिटी अफ पोम्पेयु फाब्रा बार्सिलोना स्कुल अफ म्यानेजमेन्ट (यु.पि.एफ–बि.एस.एम) को वातावरणीय, सामाजिक र सुशासन मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गरिने छ ।
सो कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा सुशासनस“ग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीको क्षमताको अभिबृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया