टी-ट्वान्टी क्रिकेट सिरिज : युएईद्वारा नेपालसामु १ सय ५४ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । जारी तीन टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत संयुक्त अरब इमिरेट्सले नेपालसामु १ सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

दुबईस्थित आइससिी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा बिहीवार भएको पहिलो खेलमा युएईले नेपाललार्य विशाल रनको चुनौती दिएको हो । टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रनको योगफल तयार पारेको थियो । 

युएईका लागि ओपनर ब्याट्सम्यान आश्फाक अहमेद मात्र २ रन बनाएर आउट भए । उनलाई नेपालका सन्दिप लामिछानेले क्याच आउट गरे । त्यस्तै अर्का ओपनर ब्याट्सम्यान सिपी रिज्वान २२ रन बनाएर पेभेलियनमा फर्किए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका गुलाम शाब्बरले ८ रन तथा कप्तान मोहम्मद नाभिद मात्र १ रन जोडेर आउट भए । चौथो नम्बरमा ब्याटिङ लाइनमा आएका शाइमन अन्वारले अर्धशतकिय पारी खेले । उनले ३८ बलमा ५ चौका र २ छक्काको मदतमा ५९ रन बनाए ।

मोहम्मद उस्मान ३० रन बनाएर आउट भए । नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २-२ विकेट तथा सोमपाल कामी र अबिनाश बोहराले एक-एक विकेट हात पारेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?