काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालले किर्गिस्तानको सामना गर्दै छ । लिगको दोस्रो खेलमा नेपालले आज सोमबार आयोजक किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा हुने दुई टोलीबीचको खेल ४:४५ बजे शुरु हुनेछ । नेपाल आज पहिलो जित निकाल्ने योजनामा रहेको छ । आइतबार भएको खेलमा नेपाललाई मंगोलियाले ३-१ को सेटमा हराएको थियो ।
काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ ।
नेपालले तेस्रो खेलमा मंगलबार इरान, चौंथो खेलमा बिहीबार तुर्किमिनिस्तान र अन्तिम तथा पाँचौं खेलमा किर्गिस्तानको ‘बी’ टोलीसँग खेल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया