काठमाडौं । इटालीले नेसन्स लिग फुटबलमा तेस्रो स्थान हाात पारेको छ । आइतबार राति भएको खेलमा नेदरल्यान्ड्सलाई ३-२ गोल अन्तरले हराउँदै इटालीले तेस्रो स्थान हासिल गरेको हो ।
खेलको छैटौं मिनेटमा फेडेरिको डिमार्कोले गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २० औं मिनेटमा डेभिड फ्रातेसीले गोल गर्दा इटाली २-० ले अघि रह्यो । खेलको ६८ औं मिनेटमा स्टेभन बेर्जविनले गोल गर्दै नेदरल्यान्ड्सलाई २-१ को स्थितिमा ल्याए । खेलको ७२ औं मिनेटमा फेडेरिको चिसाले गोल गर्दै इटालीलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा नेदरल्यान्ड्सका जर्जिनियो विज्नाल्डमले गोल गरेपनि इटाली ३-२ ले विजयी भयो ।नेसन्स लिगको उपाधि भने स्पेनले चुमेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया