काठमाडौं । उत्तर कोरियाले सेनाको शक्तिलाई बलियो बनाउन गरेको पहिलो जासुसी उपग्रहको प्रक्षेपण हालै असफल भएको थियो । प्रतिद्वन्द्वी दक्षिण कोरियाका साथै अमेरिकी सैन्य अभ्यासको अनुगमनका लागि उत्तर कोरियाले यो लन्च गरेको थियो ।
प्रक्षेपण असफल भएपछि उच्चस्तरीय बैठक भएको थियो । यो असफल प्रक्षेपणको उच्चस्तरीय बैठकमा निन्दा गरिएको थियो । बैठकमा जिम्मेवार पदाधिकारीको चर्को आलोचना समेत भएको थियो ।
उत्तर कोरियाले मे ३१ मा आफ्नो पहिलो सैन्य जासूस उपग्रह कक्षामा राख्ने प्रयास गर्यो, तर उपग्रह बोकेको रकेट पहेंलो सागरमा दुर्घटनाग्रस्त भयो। यसको पछाडि इन्जिनमा खराबी रहेको बताइएको छ । उत्तर कोरियाले जतिसक्दो चाँडो फेरि भूउपग्रह प्रक्षेपण गर्ने बताएको छ।
कोरियाको वर्कर्स पार्टीको केन्द्रीय समितिको बैठकको प्रतिवेदनमा सत्तारुढ दलले गैरजिम्मेवार ढंगले भूउपग्रह प्रक्षेपणको तयारी गरेका अधिकारीहरुको कडा आलोचना गरेको छ । यससँगै यी व्यक्तिले छानबिनको माग पनि गरेका छन् । समितिले छिट्टै यो भूउपग्रह पुनः प्रक्षेपण गर्ने जनाएको छ । यसअघि प्योङयाङले यस क्षेत्रमा बढ्दो अमेरिकी सैन्य उपस्थितिलाई परास्त गर्न आवश्यक रहेको बताएको थियो।
सैन्य जासूस उपग्रह प्रक्षेपण गर्ने योजनाको अमेरिका, दक्षिण कोरिया र जापानले निन्दा गरेका थिए। आणविक हतियार सम्पन्न देशलाई ब्यालिस्टिक मिसाइल प्रविधि प्रयोग गरेर कुनै पनि परीक्षण गर्नबाट रोक लगाउने संयुक्त राष्ट्रसंघको प्रस्तावको उल्लङ्घन गरेको उनीहरुको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया