प्रभु महालक्ष्मीको लोगो सार्वजनिक

लोकपथ
0
Shares

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडलाई नेपाल बीमा प्राधिकरणले यही जेठ २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।

आषाढ महिना भित्र एकिकृत कारोबार गर्ने गरी दुबै कम्पनीको संयुक्त मर्जर समिति, संचालक समिति र व्यवस्थापन समूह तयारीमा लागि सकेको छ । यसै सिलसिलामा संयुक्त मर्जर समितिको निर्णय अनुसार दुबै कम्पनीको भावना प्रतिबिम्वित हुने गरी तयार गरिएको तथा एकिकृत कारोबार पछि प्रचलनमा ल्याइने “प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड” को लोगो सार्वजनिक गरेको छ । प्रभु लाइफ र महालक्ष्मी लाईफको देशै भरी एक सय ६७ शाखा-उपशाखा संचालनमा भई चार सय ४९ कर्मचारी कार्यरत रहेका छन ।

प्रभु लाईफको बोनस शेयर जारी पछि दुबै कम्पनीको गरी चुक्ता पुँजी चार अर्ब २९ करोड ६० लाख रुपैंयाँ पुग्ने छ । बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्ता पूँजीको लागि एकिकृत कारोबार पछि ९० करोड बराबर प्रिमियम मुल्यमा एफपिओ जारी गर्ने सहमति भएको जानकारी पनि कम्पनीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?