पारा तेक्वान्दो टोली शनिवार टर्की जाँदै

काठमाडौं । आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली टर्कीको अन्ताल्या प्रस्थान गर्ने भएको छ । 

पुरुषको पी–३० स्पर्धातर्फ एकल पुम्सेमा विक्रम श्रेष्ठ तथा महिला के–४४ स्पर्धातर्फ ५८ केजीमुनि पलेशा गोवद्र्धनले नेपालको चुनौती पेश गर्नेछन् । पलेशा भियतनाममा भएको चौथो एशियाली पारा तेक्वान्दोकी कास्य पदक विजेता हुन् ।

टिम व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ तथा प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाहीले एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

प्रतियोगिता यहि फेब्रुअरी ५ र ६ तारिखमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?