काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स ‘युएई’विरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेट सिरिज आज ‘शुक्रवार’ शुरु हुँदैछ ।
यी दुई टिमबीचको खेल दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाली समयानुसार पौने ३ बजेपछि शुरु हुनेछ । पहिलो खेलमा २१ रनले हार बेहोरेको नेपाललाई आजको खेल्ने पर्ने दवाव छ । एकदिवसीय क्रिकेट सिरिजको उपाधि जितेको नेपाल तीन टी-ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा हार बेहोर्दै खराब शुरुवात गरेको थियो ।
घरेलु टोलीविरुद्धको दोस्रो खेलमा नेपाल सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ । आजको खेल पनि नेपालले गुमाए एक खेल अगावै टी-ट्वान्टी सिरिज गुमाउने छ । टी-ट्वान्टी विश्वकप समेत खेलिसकेको नेपालले अहिलेसम्म उपाधि भने जित्न सकेको छैन् ।
युएईविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिज जित्ने नेपालले नयाँ इतिहास बनाउने छ । नेपालले अहिलेसम्म दुई टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेलिसकेको छ । नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी-ट्वान्टी विश्वकप खेलेको थियो ।
त्यहि वर्ष नेपालले श्रीलंकामा भएको खेलमा हङकङसँग प्रतिस्पर्धा गरेको थियो । हङकङविरुद्ध पहिलो पटक ५ खेलको सिरिज खेलेको चार खेल वर्षाको कारण रद्द भएको थियो भने अन्तिम खेलमा भने नेपाल २ विकेटले पराजित भएको थियो ।
त्यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्डविरुद्ध ४ टी-ट्वान्टी सिरिज खेलेको थियो । उक्त खेलमा पनि ३-१ ले पराजित हुँदै सिरिज गुमाएको थियो ।
तस्वीरमा हेर्नुहोस् नेपाल र युएईबीचको पहिला टी-ट्वान्टी क्रिकेट सिरिजको खेल :-
तस्वीर रमन सिवाकोटी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया